दफा ३९
सोधपुछ तथा जाँचबुझ गर्न सकिने
(१) समितिले विमा लेख लिनेको हितको लागि वा अन्य कुनै मनासिब कारणले आवश्यकता अनुसार कुनै बीमक वा विमा अभिकर्ता वा सर्भेयर वा दलाल वा बीमित लगायत अन्य सबै सम्बन्धित व्यक्ति वा संस्थासंग विमा व्यवसायका संबन्धमा र बीमकले अन्य कुनै व्यवसाय पनि गरेको भए सो संबन्धमा समेत सोधपुछ वा जाँचबुझ गर्न वा गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सोधपुछ वा जाँचबुझ हुँदा मागिएको हिसाब किताब स्याहा श्रेस्ता र अन्य कागजपत्र, सूचना र सोधेको कुराको जवाफ दिई सहयोग गर्नु बीमक, बीमकको बहाल रहेको वा नरहेको सबै कर्मचारी र विमा अभिकर्ता, सर्भेयर, दलाल, बिमित तथा अन्य सबै संबन्धित व्यक्ति वा संस्थाको कत्र्तव्य हुनेछ ।
(३) उपदफा (१) बमोजिम सोधपुछ वा जाँचबुझ गराउंदा लागेको खर्च संबन्धित बीमकले व्यहोर्नु पर्नेछ ।